आइसीसी विश्वकपः इंग्ल्याण्डलाई न्युजिल्याण्डको दुई सय ४२ रनको लक्ष्य



काठमाडौँ । आइसीसी एकदिवसिय विश्वकपको फाइनलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई दुई सय ४२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४१ रन बनाएको हो ।

खराब सुरुवात गरेको न्युजिल्याण्डले पहिलो विकेट मात्र २९ रनमा गुमाएको थियो । तर दोस्रो विकेटका लागि केन विलियम्सन र हेनरी निकाल्सनले गतिलो साझेदारी गर्न सफल भए । जसमा विलियम्सनले ३० रन बनाए भने हेनरीले ५५ रनको पारी खेले ।

त्यसपछि न्युजिल्याण्डका लागि रोस टेलरले १५, टिम लाथमले ४७ तथा निसामले १९ रनको योगदान गरे । यस्तै ग्राण्डहोमले १६ रन थपे । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्स र लिम पुल्किटले तीन तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्