बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार दाहाललाई



काठमाडौँ । बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट नेपाल समाचारपत्र र टेलिभिजनका रुकुम संवाददाता धनवीर दाहाल पुरस्कृत हुनुभएको छ ।

मोफसलमा रहेर पत्रकारिताको माध्यमबाट वालवालिकाको अधिकार प्राप्तीका लागी आवाज उठाएको भन्दै केन्द्रीय वालकल्याण समिती र नेपालपत्रकार महासंघले संवाददाता दाहाललाई पुरस्कृत गरेको हो ।

नेपाल पत्रकार महासंघको सभा हलमा महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नगद २५००० र सम्मानपत्रद्धारा पुरस्कृत गर्नुभएको हो ।

छापा, रेडियो र टेलिभिजन बिधामा गरी देशभरीबाट १० जना पत्रकार पुरस्कृत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्