सविनालाई स्वर्ण



काठमाडौं ।
नेपाली खेलाडी सविना श्रेष्ठले थाइल्यान्डको बैंककमा भइरहेको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेकी छन् । सविनाले जुनियर महिला ४७ केजीमुनि स्वर्ण जितेको नेपाली टोलीका प्रमुख कुमार बस्नेतले जनाएका छन् । महिला ५३ केजीमुनि सोनी राईले रजत तथा पुरुष ५५ केजीमुनि अनिश लामिछानेले कांस्य जिते ।

प्रतिक्रिया दिनुहोस्