कोल्ड चेनमा नेपालका सुमार्गी



हेटौंडा, (नेस) ।

भारतको आग्रामा सम्पन्न अलइन्डिया कोल्ड चेन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै हेटौंडाका अरुणराज सुमार्गी सहभागी हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उहाँ नेपाल कोल्ड स्टोरेज एसोसिएसनका उपाध्यक्ष हुनुहुन्छ । उहाँ एसिया प्यासिफिक कोल्ड चेनको कमिटीमा सदस्य अनुमोदित हुनुभएको छ ।

उक्त कार्यक्रममा कोरिया, इण्डोनेसिया, ओमन, रुस र चीनका पनि सहभागी रहेको सुमार्गीले बताउनुभयो । दुई दिन चलेको सम्मेलनका दुवै दिन सुमार्गी स्पिकर रहनुभयो । त्यहाँ भारतमा कोल्ड चेनका अवस्था र चुनौती तथा समस्याबारे छलफल भयो भने अन्य देशको अवस्थाबारे पनि चर्चा गरिएको थियो ।

आगामी दिनमा त्यहाँका उत्पादन नेपालमा निर्यात गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघसँग सहमति भएको सुमार्गीले जानकारी दिनुभयो । उहाँले अब नेपालमा यसबारे सम्मेलन गरिने बताउनुभयो ।

संघीय सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल कोल्ड स्टोरेज कमिटीको आयोजनामा सेमिनार गर्ने तय भएको उहाँले जनाउनुभयो । उहाँले अर्को महिना भारतको मुम्बइमा हुने खाद्य तथा प्रेसिङ कार्यक्रममा सहभागी हुन निम्ता पाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्