कुवेतको एक अपार्टमेन्टमा आगलागीः ३ नेपालीको मृत्यु



काठमाडौं,  कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन्।

मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। सो अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमा परी अन्य थुप्रै नागरिकको ज्यान गएको छ । तर उनीहरु नेपाली हुन या होइनन् भन्ने चाहीँ अझै खुल्न नसकेको दुतावासले जनाएको छ ।

आगलागीमा परेका १२ जनाको उद्धार गरिएको छ। आगलागी भएको स्थान महाबुल्लाहमा उल्लेख्य मात्रामा नेपाली कामदार बस्दै आएका थिए । यद्यपी आगलागीको कारण भन्ने अझैसम्म पनि खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्