शर्माले वृद्धवृद्धासँग साटे पारिवारिक खुसीयाली



काठमाडौँ । ख्यातिप्राप्त अभिनेता, रंगकर्मी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले आफ्नो जन्मदिन र आफ्नी नातिनीको अन्नप्राशनको खुसी वृद्धवृद्धासँग साटेका छन् ।

शर्माले शनिबार बिहान सपरिवार बुढानीलकण्ठस्थित मानव सेवा आश्रममा पुगेर त्यहाँ रहेका करिब ५० जना वृद्धवृद्धालाई खाना खुवाउँदै आर्थिक सहयोगसमेत गरे। शर्माले आश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्न पाउदा आनन्द महसुुस भएको बताए।

‘छोरा विशाल शर्मा तथा बुहारी लक्ष्मी शर्माले मेरो जन्मदिन र छोरी वैदेही शर्माको अन्नप्राशनको अवसरमा वृद्धवृद्धालाई सहयोग गर्ने योजना बनाएका रहेछन्। त्यहीअनुरूप हामी सपरिवार यहाँ आएर सम्पूर्णको सुख शान्तिको प्रथना गर्यौँ र खुसीयाली मनायौं। यहाँका वृद्धवृद्धा पनि खुसी हुनुभयो’ –शर्माले भने।

प्रतिक्रिया दिनुहोस्