साउदी राजकुमारीविरुद्ध कुटपिट मुद्दा



पेरिस (एजेन्सी)
साउदी अरेबियाकी राजकुमारी हासा बिन्त सलमान अल सउद विरुद्ध फ्रान्सको अब्सेन्सियामा एक युवकमाथि कुटपिट गरेको ओरोममा मुद्दा दर्ता भएको छ । यो घटना सन् २०१६ को हो ।

फर्निचरको काम गर्ने फ्रान्सका पिडित असरफ ईदले हासा विरुद्ध उक्त मुद्दा हालेका हुन् । राजकुमारीले आफनो अंगरक्षकबाट आफुलाई पिट्न लगाएको र उनको पैताला चुम्न बाध्य पारेको असरफले बताएका छन् । अदालतमा मंगलबार सुनवाई पछि सुरुबाट पुन जाँचका लागि मुद्दा दर्ता गरेको हो ।

यो घटना सेप्टेम्बर २०१६ मा एब्सेनिसयाको एभेन्यु फोकको विलासी अपार्टमेन्टको हो । पिडितका अनुसार उनी फर्निचरको कामका लागि त्यहाँ गएका थिए । यस क्रममा उनले कामकै लागि मोबाइलबाट त्यहाँको फर्निचरको फोटो खिचेका थिए ।

राजकुमारीले काँचमा क्यामराको ल्यास देखेको र आफनो फोटो खिचेको उनलाई लागेको असफरले बताए । यसै घटनालाई लिएर उनले आफुलाई अंगरक्षकमार्फत पिट्न लगाएको उनले बताए । कुतपिटमा हाथको नाडीमा फ्राक्चर भएको थियो ।

पिडितले घटनाका दिन मै प्रहरी चौकीमा घटनाको उजुरी दिएका थिए । सोधपुछपछि प्रहरीले राजकुमारीलाई छोडेको थियो र त्यसपछि उनी साउदी अरेबिया फेर्केकी थिइन् ।

राजकुमारीसँग कुनै प्रकारको सम्पर्क हुन नसकेपछि सन् २०१७ मा उनी विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको थियो । मंगलबार अंगरक्षक पनि अदालतमा पेश भएका थिए र सबै आरोप गलत भएको उनले बताएका थिए । राजकुमारीका प्रतिनिधि टोलीपनि ती आरोपहरु गलत भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्