मेरा सन्तान भविष्यमा समलिंगी भएमा म त्यसलाई सहजरूपमा लिनेछुः विलियम्स



लन्डन (एजेन्सी)
बेलायतका राजकुमार विलियमले अन्यन्त दुष्कर वातावरणमा बस्न बाध्य वा घरबार विहिन एलजीबीटीक्यु युवाका लागि काम गरिरहेको बेलायती कल्याणकारी संस्था अल्बर्ट केनेडी ट्र्स्टको अवलोकन भ्रमण गरी त्यसप्रति समर्थन जनाएकोछ ।

उक्त भ्रमणका क्रममा शाही सदस्य समक्ष केट मिडल्टनसँगको उनका तीन सन्तान ५ बर्षिय प्रिन्स जर्ज, ४ बर्षिय प्रिन्सेस सेर्लोट र १ बर्षका प्रिन्स लुइस मध्य कोही एक आगामी दिनमा समलिंगी हुन सक्ने सम्भावनाका बारेमा प्रश्न राखिएको थियो ।

यदि तपाईको बच्चाले भविष्यमा कुनै दिन भन्यो,  म त समलिंगी हु, त्यतिबेला तपाईको प्रतिक्रिया कस्तो हुनेछ ?  आफनो पहिचान खुलाउन नचाहने एक युवकले प्रश्न राखेको डेली मेलले जनाएको छ ।
उक्त प्रशासनका लागि शाही मामिला संवाददाता रेबेका इंग्लिसले भनेकी छन्, विलियम, जसकी स्वर्गिय आमा प्रिन्सेस डायना एलजीबीटी समुदायका ठुलो समर्थक थिइन्, ले पत्रकारहरुलाई यस प्रकारका वास्तविकतलाई लिएर उनी  विलकुल सजह हुने बताए ।

तर आफनो सन्तानले सार्वजनिक रुपमा धेरै नै टिक्का टिप्पणी र आलोचना सुन्नु पर्ने उनले थपे । यदि उनका बच्चाले भविष्यमा उनीहरु एलजीबीटीका रुपमा पहिचान गराएमा त्यसको समर्थन गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा पनि विलियमले सकारात्मक जवाफ दिएका थिए । उनले भने , यो मेरो लागि कुनै समस्या हुने छैन,। तर उनीहरुको स्थानका कारण सार्वजनिक स्तरमा आलोचित बन्नु पर्ने आफनो डरका बारेमा पनि उनले खुलेरै प्रष्ट पारे ।

उनीहरु समलिंगी बन्ला, त्यसमा मलाई कुनै चिन्ता छैन, यसलाई लिएर सबैले कसरी प्रतिक्रिया दिन्छ र उनीहरुमाथि दबाव दिनेछ भन्नेमा चिन्ता छ , विलियम्सले बताए ।

राजकुमार विलियम्सको उक्त टिप्पणी महारानी एलिजाबेथ द्वितीयका भतिजा लर्ड आइवोर माउन्टबेटनले आफना पार्टनर जेम्स कोयलीसँग विवाह गर्ने घोषणा गरेको एक बर्षपछि आएको हो । ती जोडीले गत बर्ष सेप्टेम्बरमा विवाह गरेका थिए । उनीहरुको यो विवाह बेलायती शाही परिवारका कुनै एक सदस्यले गरेको पहिलो समलिंगी विवाह हो ।

प्रतिक्रिया दिनुहोस्