आधा दर्जन बैंकले अझै बिग मर्जरलाई चासो देखाएनन्



नेपाल समाचारपत्र, काठमाडौं
बैंक तथा वित्तीय क्षेत्रमा ‘बिग मर्जर’ ले प्रवेश पाएस“गै पछिल्लो समय बैंकहरु मर्जरका लागि थप छलफलमा जुटेका छन् । पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म २५ वटा बैंक तथा वित्तीय कम्पनीले मर्जरका लागि नेपाल राष्ट्र बैंकमा प्रतिवद्धता जनाएका छन् ।

राष्ट्र बैंकका अनुसार हालसम्म २२ वटा वाणिज्य तथा ३ वटा विकास बैंकले मर्जर तथा एक्विजिसनका लागि प्रतिबद्धता जनाएका छन् । जसमध्ये चार वटाबीच मर्जरमा जानका लागि सहमति भइसकेका छन् । सहमति भएका ग्लोबल आइएमई र जनता बैंकले मर्जरमा जानका लागि प्रारम्भिक सहमति गरिसकेका छन् । त्यस्तै सिटिजन्स बैंक र सहयोगी विकास बैंकबीच पनि मर्जरका लागि सहमति भइसकेको छ ।

मर्जरमा जानका लागि एनएमबी, सन्राइज, लक्ष्मी, एनसीसी, सानिमा, सिभिल, माछापुच्छ«े, सेञ्चुरी, नेपाल एसबीआई, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एसिया, हिमालयन, कुमारी, मेगा, सिद्धार्थ, प्रभु बैंक तथा बैंक अफ काठमाडौंले राष्ट्र बैंकमा प्रतिबद्धता पेस गरिसकेका छन् । त्यस्तै मर्जरमा जानका लागि सांग्रिला, महालक्ष्मी तथा सहयोगी विकास बैंकले पनि प्रतिबद्धता पत्र राष्ट्र बैंकमा पठाइसकेका छन् ।

अन्तर्राष्ट्रिय लगानीमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने मर्जरमा जानका लागि आफूको माउ कम्पनीको कुनै नीति नभएको जनाउसहित राष्ट्र बैंकलाई पत्र पठाएको छ ।

त्यस्तै नेपाल बंगलादेश बैंकले राष्ट्र बैंकलाई मर्जरमा जानका लागि प्रतिबद्धता पत्र पठाइसकेको छ । यद्यपि, उसले आफ्नो साझेदार आईएफआईसी बोर्डस“ग छलफल आवश्यक रहेको जनाएको छ । प्रभु बैंकले एक्विजिसनमा जाने भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

मर्जरका लागि प्रतिबद्धता जनाउन बा“की बैंकहरुमा एभरेष्ट, प्राइम कमर्सियल, नबिल, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंक रहेका छन् । उनीहरुले मर्जरका लागि आफुहरु छलफलमै रहेको जनाएका छन् ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल चल्दै गर्दा नेपाल राष्ट्र बैंंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीतिभन्दा अघि नै मर्जरका लागि प्रतिबद्धता जनाएर सहयोग गर्न बैंकहरुलाई आग्रह गर्नुभएको थियो।

गभर्नर डा. नेपालको उक्त निर्देशनपछि बैंकहरुमा मर्जरको विषयले प्राथमिकता पाएको हो । राष्ट्र बैंकले असार २७ मा मौद्रिक नीति सार्वजनिक गर्ने जनाउ“दै आएको थियो । तर, पछिल्लो समय आवश्यक तयारी नपुगेको भन्दै शुक्रबारका लागि तय भएको मौद्रिक नीतिको कार्यक्रम स्थागित भई साउनको पहिलो सातामा सार्वजनिक गर्न सकिने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्