साप्ताहिक राशिफल: असार २९ देखि साउन ३ गतेसम्म



मेषः
साता उत्तम फलदायक छ । आँटेका र थालनी गरिएका अधुरा कार्यहरु पूरा हुनेछन् । व्यापारिक क्षेत्रमा लागेका व्यक्तिलाई सोचेभन्दा बढी फाइदा होला । कुनै अचल सम्पत्ति वा भविष्यमा फाइदा दिने शेयर अथवा कुनै व्यवसायमा लगानी होला । पराक्रम, प्रतिष्ठा, इज्जत बढ्नाले मानसिकरुपमा स्वस्थ एवम् तनावरहित भइनेछ । साताको शुरु आज आइतबार भने रोगव्याधि, विवाद नहोला भन्न सकिन्न ।

वृष
यो साता आंशिक फलदायक देखिन्छ । साताको शुरु र अन्त्यका दिनहरुमा अलि प्रयास गरेमा आर्थिक लाभ होला । कुनै पनि कुरामा विजय हुने सम्भावना छ । कार्यसिद्धि, मानमर्यादामा वृद्धि होला । तर सोमबारदेखि बिहीबारसम्म तनाव, धन हानि, कार्य असफल हुने देखिन्छ । निरर्थक दौडधुप होला । शोकसन्ताप, साथीभाइसँग विवाद हुनसक्छ । सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

मिथुनः
तपाईंका लागि साताका शुरुका दिन लाभदायक छन् भने अन्त्यका दिनहरु फलदायक देखिँदैनन् । मगलबारसम्म पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, मान–सम्मान वृद्धि, इज्जत–प्रतिष्ठामा वृद्धि हुनेछ । त्यसपछिका दिनहरुमा भने खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधुप हुनेछ । अपच, वायु–गानोगोला जस्ता पेटको समस्या नहोला भन्न सकिन्न । आलस्यता बढ्नाले जाँगर हराउला ।

कर्कटः
यो साता तपाईंका लागि धेरै उपलब्धिमूलक छ । गरेका काम सफल हुने, कहीँ वंशवृद्धिको सम्भावना, रिसाएका व्यक्तिहरु खुसाएर नजिकिन खोज्ने, मुद्दामामिला भएमा विजयको सम्भावना, पठनपाठनमा सफलता, राम्रै आम्दानी हुने प्रबल सम्भावना, साथीभाइ–इष्टमित्रबाट सहयोग, नेतृत्वदायी भूमिकामा सफलता हुनेछ । तर शनिबार भने स्वास्थ्य समस्या, कार्य बाधा हुने सम्भावना छ । सतर्क रहनुहोला ।

सिंहः
साताको शुरुको दिन आइतबार केही खर्च र सामान्य स्वास्थ्य समस्या आउने सम्भावना छ । तर बाँकी दिनहरु भने धेरै लाभदायक छन् । इच्छित कार्यहरु पूरा हुँदा मन प्रफुल्लित हुनेछ । व्यापार, ठेक्कापट्टा वा गरिरहेको व्यवसायले सफलताको सिँढी चढ्नेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नेतृत्व क्षमतामा वृद्धि हुँदा अरुहरु नतमस्तक हुनेछन् । इज्जत–प्रतिष्ठा नयाँ उचाइमा पुग्नेछ ।

कन्याः
यो साता आंशिक फलदायक देखिन्छ । साताको शुरु आइतबार र अन्त्यका दिनहरु राम्रो फल दिनेवाला छन् । आर्थिक लाभ हुने सम्भावना छ । परीक्षा, खेलकुदजस्ता प्रतिस्पर्धामा विजय हुने देखिन्छ । कार्य सफल हुने, मानप्रतिष्ठामा वृद्धि हुनेछ । तर सोमबारदेखि बिहीबारसम्मका दिनहरु भने सन्तोषजनक देखिँदैनन् । तनाव हुने, धन हानि हुने, कार्य अधुरो हुने देखिन्छ । निरर्थक दौडधुप गर्नुपर्ने होला ।

तुलाः
साताको पूवार्ध भाग धेरै उत्तम फलदायक छ । धनलाभ, मानसम्मान, समस्या समाधान, बाहन सुख हुनेछ । परीक्षा, खेलकुद, मुद्दामामिलामा विजय हुने सम्भावना छ । लाभकारी यात्राको सम्भावना छ । शुभ समाचार मिल्ला । तर बुधबारदेखि दिनहरु त्यत्ति फलदायक देखिँदैनन् । रोगको भय, कार्यमा बाधा, आर्थिक नोक्सानी हुने देखिन्छ । राज्यबाट भय, अपयश, प्रतिष्ठामा आँच आउने सम्भावना छ ।

वृश्चिकः
यो साता तपाईंका लागि धेरै राम्रो देखिन्छ । तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ । पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ । राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ । थालनी गरिएका अधुरा काम पूरा हुनेछन् । नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ । शनिबार भने चोटपटकको सम्भावना भएकाले सतर्कता रहनुहोला ।

धनुः
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । साताको शुरु आइतबार रोगव्याधिको भय, धननाश हुने देखिन्छ । साताको मध्यभाग बुधबार र बिहीबार आर्थिक भार बहन गर्न गाह्रो पर्ला । तनाव, सन्ताप, मानसिक अस्थिरता नहोला भन्न सकिन्न । तर बाँकी दिनहरुमा भने आफ्नो बोली बिक्ने हुँदा कार्य सफल हुने देखिन्छ । साथै केही आर्थिक लाभ, उपहारादि वस्तु प्राप्ति होला ।

मकरः
तपाईंका लागि यो साता मध्यम फलदायक छ । आज आइतबार र बुधबारदेखि शुक्रबारसम्मका दिनहरु उत्तम देखिन्छन् । उपहार–कोसेली पाउने, पेसा–व्यवसायबाट सन्तुष्टि मिल्ने, आर्थिक लाभ हुने, मान–सम्मान पाइने, उन्नति–प्रगति हुने देखिन्छ । बाँकी दिनहरुमा भने मानसिक अस्थिरता, दौडधुप होला । पेटसम्बन्धी स्वास्थ्य समस्या आउन सक्छ । विवादमा फसिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ला ।

कुम्भः
धेरैजसो दिन तपाईंका लागि शुभ छन् । आँटेको काम पूरा होला । विद्यार्थीलाई विद्या, व्यापारीलाई फाइदा र राजनीतिज्ञलाई सफलता प्राप्त होला । भोजनादि सामग्री भित्रिने सम्भावना छ । साथीभाइ, इष्टमित्रसँग भेटघाट हुने र सो भेटघाटबाट राम्रै उपलब्धि हासिल होला । तर बुधबारदेखि शुक्रबारसम्म भने आर्थिक नोक्सानी हुने र अलि बढी नै परिश्रम गर्नुपर्ने देखिन्छ ।

मीनः
तपाईंका लागि यो हप्ता सुख–समृद्धिदायक छ । राज्यद्वारा दिइने सुविधा प्राप्त हुने, राजनीतिक सक्रियता बढ्ने, व्यापार–व्यवसायमा यथेष्ट फाइदा हुने, शारीरिक एवम् मानसिकरुपमा स्वस्थ भइनेछ । त्यस्तै बोलेको लाग्ने, आर्थिक लाभ हुनाले व्ययभार थेग्न सहज हुने, सुख–सन्तोष हुनेछ । सबैको वाहवाही हुने देखिन्छ । तर साताको अन्त्य शनिबार भने केही अस्वस्थता र तनाव नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्