दाङमा खोलाले बगाएर एक विद्यार्थीको मृत्यु



दाङ ।
दाङको बंगलाचुली गाउँपालिका– ८ कयनपामा खोलामा बगेर एक विद्यार्थीको मृत्यु भएको छ । तिलकराम बैजालीका छोरा ९ वर्षीय छोरा भक्तसिङ बैजाली मगरको खोलाले बगाएर मृत्यु भएको हो ।

मावलीबाट फर्कने क्रममा स्थानीय खहरे खोलाले बगाएको वडा अध्यक्ष गिरराज बाँठाले जानकारी दिनुभयो ।

बैजाली मावि मुलाबारी भेडाबारीका कक्षा ३ का विद्यार्थी रहेको बंगलाचुली गाउँपालिकाका प्रेस सल्लाहकार जीवन नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्