झापामा पानीको वितण्डा



भद्रपुर। चारदिन यताबाट सुर भएको अविरल वर्षाले झापका सयौँ घरहरू डुबानमा परेका छन् ।  झापाको कन्काइ, विरिड्ड, मेची, रतुवा, मावा लगायतका खोलाहरूमा पानीको सतह बढ्दै गएपछि घरहरु डुबानमा परेका हुन् । वर्षाले भद्रपुर,चन्द्रगढी,विर्तामोड लगायतका सहर तथा गाउँ डुबानमा परेका छन् ।

झापाको दमकमा मात्र ३ सय भन्दा बढी घरहरू डुबानमा परेको बताइएको छ । दीपेनी खोलामा भएको अतिक्रमण र सडकमा ढल निकासको प्रबन्ध नभएका कारण दमकका मुख्य बजार क्षेत्र नै डुबानमा परेको पाइएको छ ।

सरकारी दमक अस्पतालको परिसरसमेत जलमग्न बनेको छ । इमरजेन्सिभित्र नै पानी पसेकाले काम गर्न समस्या भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन् । ल्याब भएको भवनसमेत जलमग्न भएपछि सेवाग्राहीहरुलाइ सेवा लिन धेरै नै समस्या भएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । घरहरूबाट मानिसहरू बाहिर निस्कन समेत मुस्किल रहेको पाइएको छ ।

जिल्ला बिपद व्यवस्थापन समिति झापाले बाढीबाट अति प्रभावित रहने नगरपालिका तथा गाँउपालिकाहरुलाइ समयमा नै उद्धारका लागि डुड्डा र यसलाई जलाउन जान्ने मानिसको व्यवस्था गर्न निर्देशन दिएको छ । पौडी खेल्न जान्ने र डुङ्गा चलाउने जान्ने प्रहरीहरूको लगत लिएर उनीहरूलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउँनुभयो ।

एकदेखि दुइमहिनासम्मलाइ डुड्डा चलाउन जान्ने ब्याक्तिलाइ तलवी रूपमा नै चौबिसै घण्टा तयारी अवस्थामा राख्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले नगरपालिका तथा गाँउपालिकालाइ निर्देशन दिएको थियो । जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर नम्बर २ झापालाई उद्धारका लागि खटिरहेको उहाँले जनाउँनुभयो ।

झापाको अवस्था

१)दमक नगरपालिका वाड नं १० मा ६ बर्षिय एलिसा न्यौपानेलाइ मावा खोलाले बगाएर मृत्यू ।

२)चुलाचुली १ बस्ने ५१ बर्षिय अंचल लावती लाई कमल खोलाले बगाएर कमल गाउँपालिकाको भालुगाउँमा शव फेला परको ।

३)झापा गाउँपालिका बडा नं ५ र ६ को चन्द्राबस्ती र राधाबस्ती मा १०१ घरपरिवार विरिङ्ग नदिको बाढी पसेको र २७ गते बेलुका रेडक्रस शरणामति उपशाखा र वडाले सुख्खाखाना ( मुराई, चाउचाउ ) वितरण गरेको ।

४) गौरीगंज गाउँपालिका वाड नं २ वडा कार्यलय पुर्व टटुवामारी बस्तीमा ५ परिवार र आमगाछी बस्तीमा १ घरमा वडाकार्यलय र रेडक्रस गौरीगंज उपशाखाले सुख्खाखाना ( मुराई, चाउचाउ ) वितरण गरेको

५. गौरादह नगरपालिका ५मा जनतामावि बालुवथान पश्चिम टोलमा रतुवा खोलाले १० घर जलमग्न भएको छ ।

६ .कचनकवल गाउँपालिका १ घेराबारी को प्रहरीचौकी कुटी पश्चिम २ घरपरिवार पुर्ण विस्थापित भएर प्रहरीचौकी कुटीमा आश्रय लिएको ।

७. कनकाई नदीले शिवसताक्षी नगरपालिका वाड नं ३ मा कमलझोडा बस्तीमा ६ परिवार जलमग्न भएको ।

प्रतिक्रिया दिनुहोस्