बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई ३ लाख राहत



मनोज बनैता, सिरहा । निरन्तरको अविरल वर्षाले गर्दा सिरहा लगायत देशभरीको अवस्था अक्रान्त छ । सिरहामा अविरल बर्षाले अस्पतालहरु पनि जलमग्न भएका छन जसले गर्दा बिरामीहरु सास्ती भोगीरहेका छन ।

यता, आएको बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रदेश २ सरकारले ३/३ लाख रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ ।लगातारको वर्षाले प्रदेश २ लगायत देशभरिकै जनजीवन अक्रान्त बनेका बेला आज बसेको प्रदेश केविनेटको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारले भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि तत्काल प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०/१० लाख रुपैया उपलब्ध गराउने निर्णय समेत गरेको छ ।विपद् पीडितहरुको राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउँने पहल समेत भइरहेको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

प्रदेश २ सरकारको मन्त्री परिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवक तथा युवाहरुहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरीका युवाहरुलाई आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्