रौतहटमा पानी पर्न छोडेसंगै डुबान क्षेत्रमा पानीको सतह घट्दै



सञ्जय कार्की, रौतहट ।
पानी पर्न कम भएसंगै रौतहटको डुबान क्षेत्रमा पानीको सतह घट्दै जान थालेको छ । सदरमुकाम गौर लगायत दक्षिणभेगका स्थानीय तहमा बिस्थापित भएकाहरुमा खाध्यान्न संकट परेको छ ।

भारतले दशगजामा निर्माण गरेको तटबन्धका कारण ईशनाथ, गौर नगरपालिका, दुर्गाभगबती र यमुनामाई गाउपालिका बर्षेनी डुबानमा पर्दै आएको छ । डुबान बाट चार हजार भन्दा बढि प्रभाबित भएको अनुमान गरिएको छ । सदरमुकाम गौरको टेलिफोन, बिजुली, खानेपानी अबरुद्ध भएको छ ।

ग्रमिणभेगका सडक अबरुद्ध रहेको छ । रौतहटको सदरमुकाम गौरका सरकारी कार्यालय डुबाएको छ । बाढिले बिस्थापित भएकाहरु बिद्यालय र आफन्तको घरमा शरण लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लामा भएको क्षतीको एकिन बिबरण संकलन गर्ने कार्य भैरहेको प्रमुुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्