पहिरोले मोटरसाईकल बगाउँदा एकको मृत्यु



यमलाल भुसाल, बुटवल ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको पावर हाउस नजिकै गएको पहिरोले मोटरसाईकल बगाउदा चालकको मृत्यु भएको छ । बुटवल पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र रामापिथेकस बीचमा माथिबाट ढुंगासँगै खसेको पहिरोले मोटरसाकिल बगाएको थियो ।

पहिरोले पाल्पा मित्थ्याल ९ का ३१ वर्यिय मोटरसाईकल चालक धन बहादुर सुनारीको मृत्यु भएकोे प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालयका बुटवलले जनाएको छ ।पाल्पावाट बुटवल तर्फ आउदै गरेको लु ५० प ४६७१ नम्बरको डिस्कवर मोटरसाकिल पहिरोले वगाएको हो ।

पहिरोमा परेका सुनारीको उद्धारमा नेपाल प्रहरी ,सश्स्क्त प्रहरी ,ट्राफिक प्रहरी र नेपाली सेना खटिएको थियो । सुनारीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।  दिउँसो करिब तीन बजेतिर घट्ना घटेको भए पनि अहिलेसम्म सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । पहिरो झरेको झरै भएकाले राजमार्ग अवरुद्ध संगै बुटवल हुदै पाल्पा, गुल्मी स्याडजा, पोखरा ,वाग्लुग जाने आउने सवारी साधन अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक सुचारु ह्ुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्