हावाहुरीले विद्यालयको छाना उडायो, २० थान कम्प्युटर बिग्रीए



सरिता चलाउने, सल्यान । सल्यानमा अबिरल बर्षा सँगै आएको हावाहुरीले बिद्यालयको छाना उडाउदा २० थान कम्प्युटरमा क्षेति पुर्याएको छ ।

जिल्लाको शिद्धकुमाख गाउँपालीका वडा नम्बर ३ मा रहेको निराजन माध्यामिक विद्यालयको दुईकोठे भवनको छाना उडाउदा भवन भित्र रहेका २० थान कम्प्युटर लगायत कागजपत्रमा क्षेति पुर्याएको हो ।

शनिबार दिउसो २ बजेतिर भिषण बर्षा सँगै आएको हावाहुरीले भवनको छाना उडाउदा भवन भित्र रहेका २० थान कम्प्युटर, लेखाशाखाका सम्पुर्ण कागजपत्र लगायत अन्य समाग्रीमा समेत क्षेति पुर्याएको विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तिले जानकारी दिनु भयो ।

उहाँका अनुसार हावाहुरीले क्यान्टीन संचालनमा आएको भवनको छाना समेत उडाएर क्यान्टीन भित्र रहेका सम्पुर्ण सामानमा क्षति पुर्याएको छ ।

दिउसो कार्यलयमा बसेर काम गरिरहदा एकासी हावाहुरीले भवनको छाना उडाएको उहाँले बताउनु भयो । हावाहुरीले करिब १० लाख बराबरको क्षेति पुर्याएको हुन सक्ने उहाँले बताउनु भयो ।

२० थान कम्प्युटर लगायत अन्य कागजपत्रमा समेत क्षेति गरेको छ, उहाँले भन्नु भयो, कम्प्युटरमा त झनै बढि क्षेति गरेकाले मर्मत हुन सक्ने अवस्था छैन, लेखाशाखामा रहेका सम्पुर्ण कागजपत्र भिजेको छ । जस्तापाता उडाएर ५ सय मिटर टाढा लिएको र पुर्णरुपमा क्षेति पुर्याएकाले काम नै नलाग्ने अवस्थामा पुगेको उहाँले बताउनु भयो ।

अहिले भवन भित्र रहेको सबै सामान सुरक्षित स्थानमा सारिएको प्रअ घर्तिले बताउनु भयो । शनिबारको दिन भएको र बिदाको दिन भएकाले मानविय क्षेति हुन बाट जोगिएको बताईएको छ । उक्त दुईकोठे भवनमा कम्प्युटर कक्षा र लेखाशाखा संचालनमा आईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्