बेलायती विश्वविद्यालयमा अध्ययनका लागि १९ हजार विद्यार्थीको आवेदन



बेइजिङ । बेलायती विश्वविद्यालयमा अध्ययनका लागि चीनका १९ हजार ७६० जनाले आवेदन दिएका छन् ।आवेदन दिनेहरुको यो संख्या अघिल्लो बर्षको भन्दा ३० प्रतिशत बढी भएको चाइना डेलीले शनिबार लेखेको छ ।

बेलायती विश्वविद्यालयमा अध्ययनका लागि उत्तरी आयरल्याण्डबाट भन्दा चीनबाट बढी विद्यार्थीको आवेदन परेको यो पहिलो पटक भएको बताइएको छ ।

उत्तरी आयरल्याण्डबाट १८ हजार ५२० मात्र विद्यार्थी आउने अपेक्षा गरिएको कलेज तथा विश्वविद्यालयका प्रशासन श्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ ।

त्यसैगरी युरोपियन युनियनआवद्ध देशहरुबाट पनि विद्यार्थीहरु अध्ययनको क्रममा बेयलायत जाने क्रम बढेको अधिकारीहरुले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्