प्रदेशसभा सचिवालयको भवन डुबानमा, बैठक स्थगित



जनकपुरधाम । लगातार परिरहेको भारी  वर्षाका कारण जनकपुरधामस्थित प्रदेशसभा सचिवालयको भवन डुबानमा परेको छ ।

सचिवालयको भवन डुबानमा परेपछि शनिबार हुन लागेको प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयको सभाहल, सभामुख तथा उपसभामुखसहित कर्मचारीहरुको निवाससमेत जलमग्न भएको छ ।

यसअघि शुक्रबार भएको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेट विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्