नाडाललाई हराउँदै फेडेरर फाइनलमा



एजेन्सी, विश्वको सबैभन्दा ठूलो टेनिस प्रतियोगिता विम्बल्डनको उपाधिका लागि नोभाक जोकोभिच र रोजर फेडेरर भिड्ने भएका छन् । फाइनल आइतबार हुँदैछ ।

सेमिफाइनलमा शीर्ष वरियता प्राप्त सर्भियाका जोकोभिचले स्पेनका रोबर्टो बाटिस्टालाई र दोस्रो वरियताका स्वीटजरल्याण्डका फेडेररले स्पेनका रफायल नाडाललाई हराएका थिए ।

फेडररले पहिलो सेट ट्राइबेकरमा ७–६ ले जिते । दोस्रो सेटमा नाडालले पुनरागमन गर्दै फेडररलाई ६–१ ले हराए । फेडेररले आफ्नो सर्भिस र रिटर्नमा गजबको नियन्त्रण देखाउँदै तेस्रो सेट ६–३ ले र चौथो सेट ६–४ को सेटले जिते । उनले यो म्याच ७–६, १–६, ६–३ र ६–४ को सेटले जिते ।

यसअघि सन् २०१७ मा फेडेररले विम्बल्डनको उपाधि जितेका थिए । फेडरर गत वर्ष विम्बल्डनको क्वार्टर फाइनलमा दक्षिण अफ्रिकाका केविन एन्डरसनसँग हारेका थिए ।

प्रतिक्रिया दिनुहोस्