त्रिशूलीमा ट्रक खस्यो, सहचालक बेपत्ता, चालक गम्भीर



चीतवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा सहचालक बेपत्ता भएका छन भने चालक घाइते भएका छन् ।

रुपन्देहीको भैरहवाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक गएराति करिब साढे १ बजे त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

ट्रक सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता छन भने चालक, ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्