८ घण्टादेखि ठप्प विमानस्थल सुचारु, यतीको विमान हटाईयो



नेपाल समाचारपत्र, काठमाडौं ।

यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेदेखि न्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको थियो ।

साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको छ । घाँसे मेदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि उडान सुचारु भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्