तत्काल उद्दारमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन



नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अबिरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्दार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको दिनुभयो ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दारमा जुटन मातहतका सबै निकायलाई निर्देशन दिनुभएको हो ।

प्रहरीको तथ्यांक अनुसार हालसम्म बाढी, पहिरो र डुबानबाट देशभरका गरी १७ जनाको ज्यान गएको पुष्टि भएको छ भने १३ जना घाइते भएको र ७ जना वेपत्ता भएका छन् ।

मन्त्री बास्कोटाले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्