नेपाली हाते कागज उद्योग सञ्चालनबाट मनग्य आम्दानी



सरस्वती न्यौवपाने, रसुवा ।
उत्तरगया गाउँपालीका वडा नं. ५ बोगटीटार २ वडा नं. १ दुङसाङ मा २०७५ साल माघ २६ गते सिवाज एग्री कल्चर कागज उत्पादन गरेपछि मनग्य आम्दानी को श्रोत बनेको छ ।

उक्त इण्डष्ट्रीज प्रालिको प्रोप्राइटर सरिता पाण्डे ले सुरु मा ६ लाख १४ हजार २ सय को लगानीमा यी दुई ठाउँहरुमा फर्म सुरु गरेकी हुन् ।पहिले त नेपाली हाते कागज निर्माण का लागी चाहिने कच्चा पदार्थ किनेर ल्याउनु पर्दथ्यो भने अहिले आफ्नै निजि वन किनी दर्ता गरी त्यही वनबाट कच्चा पदार्थ उत्पादन गरी बनाउने गरिएको छ ।

उत्तरगया १ दुङसाङ र वडा नं. ५ बोगटीटार मा दुई ठाउँमा आफ्नै वनको कच्चा पदार्थ आयात गरी नियमित रुपमा २० जना कामदार हरुले काम गरी बार्षिक रुपमा करिब ३५ देखी ४० लाख सम्म सबै खर्च कटाएर आम्दानी हुने गरेको छ ।

यस उद्योग सञ्चालन गर्नको लागी सरिता पाण्डे अहोरात्र खटिइ केही उदाहरणिय काम गर्नुपर्छ भनी लागी परिरहँदा श्रीमानको साथै घर परिवारको समेत साथ रहेको छ ।

एघार वर्ष अघी उत्तरगया गाउँपालिका वडा नं. १ दुङसाङ मा आफ्नै निजि वन किनी दर्ता गरी कच्चा पदार्थ आफ्नै वन बाट हुने भएपछि अहिले कच्चा पदार्थ मा पर निर्भर हुनु पर्दैन आफ्नै नेपाली सिप नेपाली पौरखलाई सदुपयोग गर्दै उनै सरिता पाण्डे ले २०जना महिला तथा पुरुष लाई रोजगारी समेत प्रदान गरेकी छन् ।

नेपाली उत्पादन लाई प्रर्वद्धन गर्ने लक्ष्य सहित सुरु गरिएको उक्त नेपाली हाते उद्योग कागज पत्र जुटाई कम्पनी दर्ता गर्न केही समय त लाग्यो तैपनी कम्पनी दर्ता गराएर मात्र यो व्यवसाय सुरु गरेको हो ।सुरुमा आफ्नो निजि वन नहुदा कच्चा पदार्थ किनेर ल्याउनु पर्दथ्यो भने अहिले सहज भएको छ । नेपाली हाते कागज को बजार काठमाण्डौ रहेको ले उत्पादन गर्न सके नबिक्ने भन्ने हुदैन ।

यही नेपाली हाते कागज उत्पादन गरी सफल महिला उद्यमी को रुपमा २०७५ सालमा पुरस्कृत समेत भएकी थिइन कुनै संघ संस्था हरुको सहयोग बिना नै आफ्नो व्यक्तीगत लगानीमा नेपाली हाते कागज सञ्चालन गरिएको हो । जिन्दगीमा कहिल्यै हरेस खानु हुदैन मिहिनेत ले काम गरे सफल हुन्छ भन्ने मान्यता ले आज उनले गरेको काम लाई सबैले प्रशंसा नै गर्छन् ।

प्रतिक्रिया दिनुहोस्