पानीको प्रवाह नगरी सरकारको विरोध



काठमाडौं । तरकारी विषादी परिक्षणमा सरकार भारतीय पक्षसँग झुकेको भन्दै तत्काल तरकारी परिक्षण हुनुपर्ने माग गर्दै आजको झरीमा पनि सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले केहि समयदेखि राजधारनीमा प्रर्दशनका कार्यक्रमहरुलाई व्यापक बनाउँदै आएको छ ।

मन्त्रिपरिषदले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी नेपाल भित्रन दिने निर्णय गरेपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो। यसअघि तरकारी जुलुस, मसाल जुलुसजस्ता कार्यक्रम गरिसकेको नेविसंघले आज माइतीघर मण्डलमा यस्तो अविरल वर्षाका बावजुत पनि प्रदर्शनमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्