ढुङ्गाले लागेर महिलाको मृत्यु



विनोद सिंह विष्ट, बैतडी । ढुङ्गाले लागेर शुक्रवार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका ५ ढुङगाडकी २९ बर्षीया कित्थी चुनारा रहेकी छिन्।

शुक्रवार बिहान स्थानीय जिनजेनी भीरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंगाले लागेर चुनाराको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेन्द्र साउँदले जानकारी दिनुभयो । मृतक महिला बिहान ८ बजे घाँस काट्नको लागी जिनजेनी भीरमा गएकी थिईन् ।

मृतक  श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन । विगत केहीदिनदेखि बैतडीमा बर्षा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्