वर्षात संगै कृषकमा खुसियालि



राजेन्द्र गजुरेल, नुवाकोट । दुई दिन देखि परेको वर्षात संगै नुवाकोटका कृषकमा खुसियालि छाएको छ । यस वर्ष ढिला सम्म वर्षात नहुदाँ केहि निरास भएका किसानमा असारको अन्तिममा मनसुन सक्रिय भई पानी परे संगै कुषकहरु रोपाईमा व्यस्त रहेका छन् ।

‘यो समय सम्म रोपाई सकाएर बसिन्थ्यो तर ढिला गरी परेको पानिका कारण सबैको एकैपटक गर्नु पर्ने भएकाले हतार–हतारमा गर्नु परेको लिखु गाउँपालिका वडा नं ५ का कृषक परशुराम भण्डारी बताउनुहुन्छ ।’ सबैको रोपाई एकै पटक गर्नुपरेका कारण रोपारको पनि अभाव भएको  कृषक भण्डारी बताउनुहुन्छ । पानी परे संगै खेत तथा फाटहरुमा कृषकको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

निरन्तर रुपमा परिरहेको पानी संगै नुवाकोटमा हाल सम्म धान खेति हुने १४ हजार ५ सय हेक्टर जमिन मध्ये हाल सम्म ४२ प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ । नुवाकोटको मुख्य धान खेतिहुने क्षेत्रको रुपमा रहेको लिखु गाउँपालिकाको अधिकांश भू–भागमा रोपाई सकिएको लिखु गाउँपालिकाले जनाएको छ । त्यस्तै जिल्लाको तादि गापा,दुप्चेश्वर गापा,म्यागङ गापाको तल्लो भू–भाग , बेलकोटगढि र विदुर नगरपालिकामा रोपाई भईरहेको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनालले बताउँनुभएको छ ।

कृषि क्षेत्रमा आएको आधुनिकता संगै खेति गर्ने प्रणालि पनि आधुनिक बन्दै गए संगै कृषकलाई काम गर्न छिटो र सहज भएको छ ।‘पहिला–पहिला गोरु लगाईन्थ्यो त्यो पनि गाउँमा कमै मात्रामा पाईन्थ्यो सबैको पालो सकाएर आफ्नो पालो आउँदा पानी सुकेर खेतका गहराहरु सबै सुख्खा भईसक्थे अहिले आफै संग नै ट्याक्टर भए पछि आफु अनुकुल रोपाई गर्न पाएको प्रति बेलकोटगढि नगरपालिकाका कृषक नमराज गजुरेल खुसि ब्यक्तनुहुन्छ ।’

पहिला थोरै जमिनलाई पनि एक दिननै लाग्ने गर्दथ्यो तर अहिले उक्त काम एक घण्टामा नै सकिने गरेको र आफ्नो काम समयमा नै सकेर छिमेकिको काम पनि गर्ने गरेको कृषक गजुरेल बताउनुहुन्छ । तर पनि अझै कतै–कतै भने गोरुको पनि प्रयोग गरेको पाउँन सकिन्छ । केहि दिन देखि परेको पानीले खोलानाला बढेका कारण पनि कृषकलाई रोपाई गर्न सहज भएको कृषि बिकास कार्यालय नुवाकोटले जनाएको छ ।

पहाडि संरचना रहेको नुवाकोटमा सिंचाई सुविधा नहुदाँ भने सम्पूर्ण स्थानका खेति योग्य जमिन आकाशे पानीकै भरमा खेतिहुने गरेको छ । ‘धान रोपे पश्चात समयमा वर्षात नहुने हो भने लगाईएको धानका बोट सुक्ने लगाएतका समस्या खेप्नुपरेको विदुर नगरपालिका वडा नं ८ का कृषक निरबहादुर खड्का गुनासो गर्नहुन्छ ।’ दुई नगरपालिका र दश गाउँपालिका सहित बाह« स्थानिय तह भएको नुवाकोटमा चुनावि समय हरेक गाउँ–गाउँका जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष्य लिएका जनप्रतिनिधिले उक्त कुरा पुरा नगरेको प्रति कृषकहरुमा नैरस्यता छाएको पाउँनसकिन्छ ।

प्रतिक्रिया दिनुहोस्