४ लाख घुससहित वन कार्यालयका प्रमुख पक्राउ



सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रु ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो ।

आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट रु चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्