वर्षाले छेकेन नेविसंघलाई, विषाक्त तरकारी र फलफूलविरुद्ध प्रदर्शन



काठमाडौँ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विषादी युक्त तरकारी र फलफूल आयातको विरुद्धमा शुक्रबार माईतिघर मण्डला प्रदर्शन गरेको छ । नेविसंघले वर्षादका बाबजुद पनि प्रदर्शनमा उत्रिएको हो ।

नेविसंघको विरोध सभालाई कुन्दन काफ्केले सम्बोधन गर्दै सर्वाेच्च अदालतले समेत चेकजाँच गर्ने आदेश दिएकोले तत्काल चेकजाँच थाल्न चेतावनी दिए । देशको ७७ वटै जिल्ला सदरमुकाममा नेविसंघले विरोध प्रदर्शन गरेको नेविसंघका नेता मनिस सिम्खडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्