धारिलो हतियार प्रहारगरी जापानिज नागरिकको नगद लुटपाट



काठमाडौं । बौद्ध तिनचुलेमा एक जापानिज नागरिकको नगद लुटपाट भएको छ । तिनचुले डेरा गरी बस्ने ४० वर्षीय जापानिज नागरिक सुमिजु तेन्जिको नगद २ लाख रुपैयाँ शुक्रबार बिहान लुटपाट भएको हो ।

अपरिचित ५, ६ जनाको समूहले घरभित्रै पैवेश गरी सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको उक्त नगद लुटपाट गरेको हो । घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी घटनास्थलमा पुगेको थियो । फरार लुटेराहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्