अदालत परिसरबाट फरार खड्का पक्राउ



काठमाडौं । अदालत परिसरबाट फरार रहेका ३० वर्षीय राम बोल खड्का पक्राउ परेका छन् । कागेश्वरी मनहनगरपालिका ७ मुलपानी बस्दै आएका उनलाई बिहीबार साँझ कागेश्वरी मनहनगरपालिका,६ ग्रिनसिटी सडक गल्लीमा लुकिछिपी हिंडीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बैकिङ कसुर मुद्धाका प्रतिवादी खड्कालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट म्याद थपको लागि विशेष सरकारी वकिल कार्यालय काठमाडौंमार्फत उच्च अदालत पाटन बाणिज्य ईजलास ललितपुर लगेकोमा सोही अदालत परिसरबाट फरार भएका उनलाई खोजी गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्