डोटीको बाँजीलेक फाष्ट ट्र्याक सडक निर्माणकार्य सम्पन्न



विमल विष्ट, डोटी । भिमदत्त राजमार्ग संगै जोडिएको फल्टुडे देखि बाँजिलेक सम्म जोड्ने ११ किलो मिटर फाष्ट ट्र्याक सडक निर्माण कार्य सम्पन्न भएको छ । गाडी चढने सपना बोकेका त्यहाँका स्थानियहरु अहिले सडक सुबिधा पुगेपछि निकै खुसि भएको स्थानिय तिर्थराज भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो सकड कहिले बन्ला र गाडी चढ्न पाउला भनेर कुरेर बसेका थियौँ,अहिले हाम्रो सपना पुरा भयो हामी खुसी छौँ ।” फाष्ट ट्र्याक सडक निर्माण कार्य सम्पन्न भएपछि स्थानियवासी निकै खुसि भएका छन् । सिलान्यास भएको वर्षौ पछि उक्त सडक निर्माण भएपछि जिल्लाको जोरायल तथा केलालीको धनगढी आवत जावतमा सहज हुने भएको छ । तत्कालिन जिल्ला विकास समिति डोटीवाट विसं २०७२ सालदेखि ट्र्याक खोल्न शुरु गरिएपनि आवश्यक बजेट विनियोजन नहुँदा फलटुडे देखि बाँजिलेक सम्मकोको सडक निर्माणले पूर्णता पाएको थिएन ।

बाँजिलेकदेखि फल्टुडेसम्म सडक सञ्जाल जोड्नकालागि स्थानीय जनप्रतिनिधिहरु, समाजसेवीहरुले प्रदेश सरकारसँङ्ग बिभिन्न समयमा माग पत्र पेश गरेका थिए । उक्त सडक खण्डको निर्माण कार्य सम्पन्न गर्न चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको करिब रु ७५ लाख बजेट र स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण कार्य सम्पन्न गरिएको जोरायल गाउँपालिका वडानं. २ का वडा सदस्य महेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको उक्त सडक कबिर ७ मिटर फराकिलो रहेको स्थानियवासीहरु बताउछन् । सडक निर्माण भएपछि सडकलाई थप स्तरोन्नती गरि सवारी साधन सञ्चालन गर्न स्थानीय बासिन्दाहरुले माग गरिरहेका छन् । हाल जोरायलबाट कैलालीको धनगढी जान बुडर भएर यात्रा गर्नु पर्ने बाध्यता रहेकोमा उक्त सडक निर्माण भएपछि निकै सहज भएको वडा सदस्य थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “कामका लागि कैलाली जान हामीले निकै दुख कष्ट गरेर टाढा गएर गाडी चढ्नु पथ्र्ये अहिले घरैमा सडक पुगेको छ,चाडो गाडी सञ्चालन भए नागरिकले सहुलियत पाउने छन् ।”

उक्त सडक निर्माण कार्य सम्पन्न भएकोमा जोरायल गाउँपालिका वडा नं. २ को कमलानदी र खसरेका स्थानीय बासिन्दाहरुले नाचगान गरेर खुशियाली मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्