रौतहटका अधिकांस पालिका डुबानमा



सञ्जय कार्की, रौतहट । रौतहटको चन्द्रपुर लगायतका अधिकांस पालिका डुबानमा परेको छ । लगातारको बर्षा र बाढिका कारण चन्द्रपुर, ईशनाथ, दुर्गाभगबती, गौर लगायतका पालिका जलमग्न भएको छ ।

पानीको निकास नभएपछि जलमग्न भएका पालिकाको बस्ति डुवानमा परेको छ । सदरमुकाम गौरमा रहेको जिल्ला प्रहरी कार्यालय सहितका अधिकास सरकारी कार्यालय डुबानमा रहेको छ ।  पुर्ब पश्चिम राजमार्गको चन्द्रपुर बाट पुर्बतर्फको कजवेमा पानीको प्रबाह बढि भएका कारण यातायात रोकिएको छ । सबैतिर जलमग्न भएपछि मानिसहरुको चहलपहल न्युन रहेको छ ।

पुर्वको बागमती र पश्चिमको लाल बकैया नदिमा पानीको सतह बढदै गएपछि दक्षिणभेगका स्थानीयहरु उच्च जोखिमा परेका छन ।  डुबानको भाग लाई निकास दिन स्काभेटर चलाइएको छ । विकासको नाममा निकास बिहीन सडक निर्माणले रौतहटको अधिकास पालिका डुवानमा परेको स्थानीयको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्