रामपुरमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु



रामचन्द्र वि.क., रामेछाप ।
रामेछापमा २४ घण्टा देखि नियमित रुपमा भइरहेको बर्षासँगै पहिरोले पुरिएर एक बृद्ध महिलाको ज्यान गएको छ । शुक्रबार बिहान गोठमा भैँसीको दुध दुहुने क्रममा माथीबाट ढिस्को बगेर आएको र उक्त ढिस्कोले गोठ भत्काए पछि रामेछाप नगरपालिका वडा नं. ५ रामपुरकी ७१ वर्षिय पदम कुमारी सुनुवारको पहिरोमा पुरिएर ज्यान गएको वडा अध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभयो ।

त्यस्तै पहिरोमा परी मृतककी बुहारी ५१ वर्षिय असली सुनुवार पनि घाइते हुनुभएको छ । घाइते सुनुवारको छातीमा समस्या देखिएकाले उपचारको लागि अस्पताल लैजने तयारी भइरहेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्