अविरल वर्षाले काभ्रेमा दुईको मृत्यु, दुई घाइते



मोतिराम तिमल्सिना, काभ्रे । हिजोदेखि परेको अविरल वर्षाको कारण काभ्रेको जनजिवन प्रभावित भएको छ । बनेपा ३ नाला, चुनातालमा विहान घर भत्कदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीले न्युज अफ नेपाललाई जानकारी दिए अनुसार अविरल वष घर भत्कदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ चुनातालमा घर भत्कदा गोमा दंगाल र उनको एक नातिनीको मृत्यु भएको हो । साथै एक नातिनि र बुहारी घाइते छन् । घाइते दुवै जनाको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

अविरल वर्षाको कारण कोशीपारि ४ स्थित गोठपानीमा चार घर जोखिममा परेको छ । जिल्लाको विकट क्षेत्र डाडापारि, कोशिपारि तथा ढंखर्क क्षेत्रमा ठाउठाउमा पहिरो गएको कारण यातायात सञ्चालन हुन सकेको छैन । बनेपा पुलवजार क्षेत्र डुवानमा परेको छ भने खोला नालामा आएको बाढीले सडककिनारामा समेत असर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्