सिंहदरबारको पर्खाल भत्किदा अनामनगर क्षेत्रको सडक अवरुद्ध



काठमाडौं । केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ ।

पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ ।

भूकम्पका बेला कमजोर भएको पर्खाल भारी वर्षाले भत्किएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्