अन्तर्राष्ट्रिय स्पर्धामा नेपाललाई सफलता



बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई अर्को सफलता मिलेको छ।

गत २६ जुनदेखि १ जुलाईसम्म सिंगापुरमा सम्पन्न एसिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डसिप फेस्टिभल–२०१९ मा सहभागी नेपालका ५ बालबालिकामध्ये २ ले उत्कृष्ट उपाधि चुमेका छन्। फेस्टिभलमा एसियाका ४२ देशका बालबालिका सहभागी थिए। जसमा नेपाली बालिका कृष्टिना खड्काले लिटिल एसिया प्यासिफिक प्रिन्सेस–२०१९ को शीर्ष उपाधि जितिन्। ११ वर्षीया कृष्टिना नेसनल किड्स अफ इयर २०१८ नेपालको सिनियर समूहकी विजेता हुन्।

यस्तै फेस्टिभलको मिनी एसिया प्यासिफिक प्रिन्सेस–२०१९ मा सबैलाई उछिनेर नेपाली बालिका स्टेला शाहले शीर्ष उपाधि जितिन्। ८ वर्षीया स्टेला पनि नेसनल किड्स अफ इयर २०१८ नेपालकी जुनियर समूहकी विजेता हुन्।

नेसनल किड्स अफ इयर २०१८ कै उपविजेता यांशु श्रेष्ठले प्रतियोगितामा बेस्ट पर्सनालिटी र बेस्ट इन बिच स्विम वेयर उपाधि जितिन्। नेपाल टिमकी ८ वर्षीया मिनाल केसीले बेस्ट स्माइल र ९ वर्षीया सुखी प्रधानले बेस्ट पार्टी वेयरको अवार्डलाई आफ्नो बनाए। पा“चै जनालाई लिटिल एसिया प्यासिफिक प्रिन्सेस–२०१९ र मिनी एसिया

प्यासिफिक प्रिन्सेस–२०१९ को आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीले सिंगापुर लगेको हो।
विजेताहरूले लामो समयको मेहनतपश्चात् एसियाका अरु देशका प्रतियोगीलाई जितेर उपाधि नेपाल ल्याएको राजधानीमा आयोजित पत्रकार भेटघाटमा बताए। उनीहरूलाई कोरियोग्राफर रोजिन श्रेष्ठले विशेष प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्