नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । महासंघका अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहु“च पु¥याउन सहज हुने बताउनुभयो । झण्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको र ६० जिल्लामा जिल्ला महिला उद्यमी समिति अन्तर्गत ११ हजारभन्दा बढी महिला उद्यमी रहेको र २४ वटा वस्तुगत संघसमेतको गणना गर्दा झण्डै अर्को एक लाख उद्यमी सदस्य रहेका छन् ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले औद्योगिक क्षेत्रको एउटा प्रमुख संस्थास“ग सरकारद्वारा घोषित सहुलियत कर्जा प्रवाहमा गरिने सहकार्यले उद्यमशीलताको विकास हुन गई सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय अभियानलाई सहयोग पु¥याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्