ट्रक व्यवसायी आन्दोलित

साउन १ गतेदेखि गाडी ग्यारेजमा थन्काउने



नेपाल समाचारपत्र, बुटवल  ।
ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा अनलाइनमार्फत निगरानी गर्ने गरी सरकारले बजेटमार्फत ल्याएको अव्यवहारिक नीति सच्चाउन माग राख्दै ट्रक व्यवसायीले साउन १ गतेदेखि गाडी ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश नम्बर ५ को बैठकले ढुवानीमा भ्याट र अनलाइन प्रणालीमार्फतको निगरानी तुरुन्त सच्चाउन सरकारस“ग माग गरेको छ । सरकारले लागू गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी व्यवसाय धरासयी हुने र व्यवसाय सञ्चालन गर्न नसकिने जनाएका छन् ।

महासंघका प्रदेश ५ संयोजक यमप्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक व्यवसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एकपछि अर्को गरी अव्यवहारिक नीति ल्याउ“दा व्यवसायी समस्यामा पर्ने गरेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एकतर्फी रुपमा व्यवसायीलाई यो नीति लाद्न खोजे साउन १ गतेदेखि लोड बहिस्कार गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।

अनलाइन प्रणालीमार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सूचना प्रविधि, दक्ष जनशक्तिको अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागू गर्न कठिन हुने उहा“ले बताउनुभयो । लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेलले सरकारले यातायात व्यवसायीका समस्या सम्वोधन गर्नुपर्ने बताउ“दै व्यवसायलाई धराप पार्ने काममा राज्य नलाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्