हिमालय एक्जिविसन सम्पन्न



हिमालयन कलेज अफ इन्जिनियरिङद्वारा आयोजित हिमालय एक्जिविसन सम्पन्न भएको छ ।

कलेज परिसरमा भएको तीन दिने उक्त एक्जिविसनका क्रममा आईओईका डिन प्रँध्यापक रामचन्द्र सापकोटा, ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायतले आफ्नो मन्तव्य राख्दै विद्यार्थीको प्रोत्सहान गर्नुभएको थियो ।

एक्जिविसनका क्रममा विद्यार्थीहरूको फोटोग्राफी, पेन्टिङm ग्राफिक डिजनाइन, एनिमेसनआदीका सिर्जना प्रदर्शन गरिएको थियो । कलेजका अध्यक्ष विष्णु शर्माले कलेजका गतिविधिमाथि प्रकाश पार्नुका साथै कलेजले गुणस्तरी शिक्षामार्फता दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो । त्यस्तै कलेजका निर्देशक पूर्णभद्र अर्यालले एक्जिविसनमा विद्यार्थीहरुको सिर्जना र प्रयोगात्मक शिक्षाका बारेमा प्रस्तुत गरिएको धारणा राख्नुभयो ।

एक्जिविसनका क्रममा आर्किटेकसम्बधी मोडलहरुको प्रदर्शनी, सिभिल मोडलमा प्रतिस्पर्धा, सफ्टवेयर प्रतिस्पर्धा, हार्डवेयर प्रतिस्पर्धा गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्