चीनसँगको हवाई सेवा पुनरावलोकन गर्न बाटो खुल्ला



काठमाडौं, (नेस)
नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकनको गर्नको लागि सरकारले स्वीकृति प्रदान गरेको छ । विगतमा भएको दुई देशबीचको हवाई सम्झौतालाई नया“ स्वरुप दिनको लागि सरकारले सहमति दिएस“गै वार्ता गर्ने बाटो खुलेको हो ।

सरकारको निर्णयबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बा“स्कोटाले हवाई सेवा पुनरावलोकन गर्न चीनको राजधानी बेइजिङमा हुने द्विपक्षीय वार्ताका जान सरकारले सहमति प्रदान गरेको बताउनुभयो ।

उक्त वार्ताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पा“च सदस्यीय टोलीसमेत गठन गरिसकेको छ । दुई देशबीच आगामी साउन ९ र १० गते चीनको राजधानी बेइजिङमा वार्ता हु“दैछ ।

विगतमा दुई देशबीच भएको हवाई सेवा सम्झौता संशोधन गर्न लागेको मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताउनुभयो । उहा“ले भन्नुभयो–‘ आगामी वार्ताबाट नै कति उडान गर्न पाउने भन्ने तय हुने छ।’ सन् २०१४ मा भएको पछिल्लो सम्झौतालाई संशोधन गर्न लागिएको हो ।यसअघि हप्तामा ७० उडान गर्न पाउने सम्झौता रहेको छ । वार्ता टोलीमा मन्त्रालयका तर्फबाट सहसचिव आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरण, कानुन मन्त्रालय, चीनस्थित नेपाली दुतावासबाट १÷१ प्रतिनिधि सहभागी हुने छन् ।

अब हुने सम्झौतामा चीनका वायुयान काठमाडौंपछि निर्माणाधीन गौतमबुद्ध र पोखरा विमानस्थलमा जान सक्ने बारेमा सम्झौता हुनेछ । विगतको सम्झौता पुनरावलोकन गर्दा निमार्णधीन विमानस्थलमा पनि हवाई सेवा सञ्चालन गर्ने गरी सम्झौतामा थप गर्न लागिएको हो । अहिले चीनबाट ५ वटा वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्