सर्वोच्चमा हराएको मुस्कान



तित्राको मुखै बैरी भन्थे, तर धरहराको बार्दलीमा बसेर तित्रो नामको चरो करायो–कराएन यसलाई थाहा भएन, त्यसको स्वर बैरी थियो कि गुणी थियो, त्यो पनि यसले ख्याल गरेन । ख्याल ग¥यो त केबल बिहीबार सर्वोच्च अदालतको परिसरमा हराएको मुस्कान ।

कुरा के भयो भने, राजधानीबाट प्रकाशित ठूला पाने अखबारका सम्पादकहरुलाई वरिपरि राखेर सर्वोच्च अदालत परिसरमा मुख्य रजिष्टार नृपध्वज निरौला, रजिष्टारद्वय लालबहादुर कुँवर र नारायणप्रसाद पन्थी मन्द मुस्कानका साथ चौथो रणनीतिक योजना आगामी साउन १ बाट सार्वजनिक गर्ने घोषणा गर्दै हुनुहुन्थ्यो । एक सम्पादकले तेस्रो रणनीतिक योजनाको सफलता चाहिं के भयो भनेर सोधिदिए । जबाफमा मुख्य रजिष्टार निरौलाले मुस्कान कायमै राखेर भन्नुभयो, ‘६५.५७ प्रतिशत मुद्दा फैसला भएका छन्, जो लक्ष्यअनुसार नभए पनि विगतको तुलनामा राम्रो हो ।’

यहाँसम्म त सम्पादकजीको मुख तित्राको जस्तो लागेको थिएन, जब उनले ‘करिव सयसठ्ठी प्रतिशत, यो भनेको कति हो, कुल मुद्दा चाहिं कति थिए ?’
निरौला, कुँवर र पन्थीसँग जबाफ खोज्नका लागि ठूलै प्रतिवेदन हातमा थियो, तानातान गरेर अंक खोजिरहनुभएको थियो, एक मिनेट, दुई मिनेट….धेरै मिनेट बिते, अंक भेटिएन । वरिष्ठ पगरी गुतेका सम्पादकजीहरु यमदूतजस्ता अगाडि घेरा हालेर बसेजस्ता लागे, मरिगए अंक भेटिएन । अर्का एक सहायक आएर अंक खोज्न सिंगो रिपोर्ट बोकेर लगे, मुद्दा जोडेर ल्याउन उनलाई सुझाव पनि प्राप्त भयो । तर उनी पटाक्षेप मात्र भए, जबाफ आएन, आउँदै आएन ।

मुख्य रजिष्टारलगायतको वरिष्ठ टोलीलाई बढी लज्जित गर्नु सम्पादकजीहरुको धर्मले दिंदैनथ्यो । पछि कसैले कुरै निकालेन । अंक नपाएर हराएको निरौला सरको ओठको मुस्कान फेरि फर्किएला कि भनेर धरहराले लामै प्रतीक्षा ग¥यो, तर यसले निराश बनेर दुरबिन अन्तै घुमाउन बाध्य हुनुप¥यो ।

प्रतिक्रिया दिनुहोस्