तराईमा मुसल्धारे वर्षा, किसानलाई मस्ती, अरूलाई सास्ती



महेश सिंह महतो, सिरहा ।
सिरहामा दुई–तीन दिनदेखि परेको भारी वर्षाले तराईमा ठाँउमा पनि जमेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आजसम्म पनि देशभर वर्षा भइरेहको छ ।

अझै दुई–तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाले सिरहा, सप्तरी, धनुषा, मोहोतरी लगायतका जिल्लाहरुमा बिहिवार बिहानै देखी परेको मुसलधारे वर्षाले बजार, कलकारखाना बन्द रहेका छन् । बाहिरबाट आएको यात्रुलाई गन्तव्य तर्फ पुग्न कठिन भएको सर्वसाधारणले दुखेसो पोखेका छन् । सिरहाको बसपार्क, होटेल, हस्पिटल र सार्वजनिक ठाँउहरुमा यात्रुहरुको भिड लागेको देखिन्छ ।

यता किसानहरु भने खेतीगर्नमा मस्त अनि व्यस्त छन् । मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक, दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको हो । मौसमविद्का अनुसार विशेषगरी आज र भोलि यो क्रम जारी रहनेछ । “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद्लले बताए ।

यता शुक्रबार देशभर बदली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३.०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।

वर्षाले तराईका अधिकान्स नदी, तलाउ, पोखरीहरु जलमग्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्