खस्दै पहाड थुनिदै नदी



दयाराम पण्डित, बाजुरा ।

त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बुढगंगा नदी थुनिदै आएको छ । बुधबार साँझवाट निरन्तर वर्षे वषर््ोझरी संगै पहाड खस्ने क्रम जारी छ ।

बुढिगंगा नदी थुनिदा नदी किनार आसपासका जनता त्रसित छन् । पहिरो खस्ने र नदी थुनीने क्रमम बढ्न थालेपछि सांफे–मार्तडी सडक खण्ड अबरुद्ध हुने त्रासले लोमो तथा छोटो दुरीका यातायातका साधन बल्देमै रोििकएका छन् । बुढगंगानदी थुनिदै गएकोछ सडक तलवाट पहिरोजान थालेको ले बस बल्देमै रोक्नुपरेको बसब्यसायिले बताए ।

बल्देबाबाट सदरमुकाम मार्तडी सम्म करिव १७ किलोमिटर वाटो सानासवारी साधान प्रयोग गर्नु पर्ने अबस्था आएको छ । वर्षादका कारण मार्तडी देखि ताप्रीसेरा सम्म ससाना पहिरोका ढिस्का खसेकाछन्। ढुंगा माटो पञ्छ्याउँदै यातायातका साधान पास भएका छन् ।

सदरमुकाम मार्तडी आउने यातायात भन्दा बडि सदरमुकाम छोडेर सुरक्षित सडक क्षेत्रमा जाने यायातका साधानको संख्या बढि देखिन्छन् । सदरमुकाम मार्तडी माथि तिर चल्लेन यातायातका साधान पनि हिजो देखि बन्द भएका छन् बषे भ।री संगै सदरमुकाम मार्तडी देखि पोरखे लेक पाण्डुसैन सम्म करिव २५ किलोमिटर पैदलबाटो हिड्नुपरेको छ ।

पहिरोका कारण विगत पांच वर्ष यता त्रिबेणी नगरापालिकाको द्धारी मलाना देखि बागडांडा सम्म करिव १० किलोमिटर जमिनमा निरन्तर पहिरो खस्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।

पहिरोका कारण त्रिबेण्ी नगरपालिकाको वडा नं. नौं स्थित पैंमा गाउँको करिव २५० रोपनी भात खाने खेत पाखो जग्गा बगेको छ । पहिरोका कारण ६५ परिवारका घरछाना भत्केका छन्। मालागाड जलद्यिुत आयोजनाको विद्यूत लाईन अबरुद्ध भएको छ ।

शुदुरपश्चिमकै सुप्रशिद्ध तीर्थस्थ बडिमालिका जाने मुलबाटो पहिरोमा परेको छ भने करोडौं मुल्य बरावरको वनजंगल नास भएको त्रिबेणी स्थानयि वासिन्दा एबं बडिमालिकाका पुजारी नेत्रराज पाध्याले जानकारी दिनुुभएको छ । ‘पहिरो प्रभावित ४५ परिवालाई १० हजार देखि ३० हजार रुपैंया सम्म राहात वितरण गरेको र विऊँ खरिदका लागि थप दुुइलाख रुपैंया छुट्याएका छौं ।’

‘त्यसैगरी दीघकालिन ब्यबस्थापनका लागि नगरस्तरीय विपत ब्यबस्थापन निर्देशका जारी गरी कार्यन्वयन ल्यमा ल्याएको । बुडिगंडा नदीको वहाव जतिवेलापनि बढ्न सक्ने र सम्भावित ठुुलो क्षेती हुने पूर्वानुमान गरी सबै वडामा बुडिगंगा नदी आसपास मा वस्न सार्वजनिक सूचना सहित जारी गरेका छोैं’ त्रिबेणी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र वहादुर सांउदले जानकारी दिनुुभएको छ।

ठूलोआकारमा निरन्तर पहिरो बग्दा बुडिगंगा नदीको वहावमा अबरुद्ध भएको छ । यता वारिपट्टी बुडिगंगा नगरपालिको अम्कोटमा पनि पहिरो गएको छ । पहिरोवाट सांफे–मार्तडी सडक खण्डको करिव दुुई किलोमिटर सडक भांसिएको छ । त्यसैगरी बिद्युतको राष्ट्रिय प्रासरण ३३ केभिए लाईनका पोलहरु पुुरिएका छन् । जस्ले गर्दा सरकारको उज्यालो देश कार्यक्रम पनि प्रभावित हुने देखिन्छ ।

दर्जर्नौ परिवारका खेत घरछाना उच्च जोखिममा छन् । पहिरो आउने डरले वर्षमौसममा अम्कोटवासी लेकछानामा बस्न बाध्य भएको स्थानीय वासिन्दा हंशराज पाध्यायले दुुःखसो ब्यक्तगर्नु भएको छ । वर्षेनी पहिरो जान थालेपछि साँफे–मार्तडी सडक खण्ड पनि उच्च जोखिममा रहेको सांफे मार्तडी सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्राविधिक ईन्जिनियरका अनुसारः पहिले माटो चेक जांच नगरी सडक निर्माणगर्दा अहिले समस्याआएको हो । बार्जुगाड देखि मार्तडी सम्मको करिव २९ किलो मिटर वाटो नदीकै कारण उच्च जोखिममा रहेको सांफे मार्तडी डिभिजन सडक का कमचारी कृष्ण बुढाले वताउनुभयो ।

माथिवाट पहिरो जाने तल नदीले काटेने हुंदा सडक यातायात, विजुली, घरखेत जोखिममा छन् । बुडिगंगा नदी थुनिदा बाजुराका बुडिगंगा र त्रिबेणी नगरपालिका लगायत छिमेकी जिल्ला अछामको सांफेबगर नगरपालका डुवानमा पर्ने सम्भावना बढि छ । अहिले सम्म सिलिप मात्र गएको छ ।

‘द्धारीमा पहिरो जाने हो भने बुढगंगा नदी थुनिन्छ साफेवर नगरपािलका डुवानमा पर्न सक्ने वढि सम्भावना छ ।’ अछाम स्थित पूर्वाधार विकास कार्यलयका प्रमुख जंगबहादुर थापाले वताउनुभएको छ ।

त्यसंगरी सांफे मर्तडी सडक खण्ड पनि उच्च जोखिममा रहेकोले विकल्पका रुपमा अमकोट धुुरालसैन हुँदै हरडेखोलामा जोड्न सक्निछ । वा आटिचौरको ट¥याक ओपन गरी बडिमालिका नगररपालिकाको भौनेरा पनि जोड्न सकिन्छ तर, उक्त क्षेत्रको भौनेरामा पुल नहुंदा सडक मार्तडी सम्म तत्काल जोड्न नसकिने प्रमुख थापाको बुुझाई छ ।

यस्ता विकल्प सोचे सडकको एलाइन्म्यान्ट पविर्तन गरी सडक सुचारु गर्न सकिने कार्यालय प्रमुख थापाले वताउनुुभएको छ । तत्काल त्यो पनि सम्भव नरहेको र जिल्लामा पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा पनि पनि सडक विभागले कुनै सुनुवाई नगरेको बडिमालिका नगरपािलका प्रमुख पदम बडुवालले वताउनुभएको छ ।

सडकको संरक्षण गर्न बायोइन्जिनियरिङ्गको पाटो एकदमै कमजोर छ । त्यसमा कसैको ध्यान गएको छैन । सडक क्षेउछाउमा रुख, विरुवा, घांस राप्ने,े विरुवाका हांगाकाटेर लगाउने ,माटो भर्ने लगायतका तमाम उपाय छन् । विडम्वना सडक संरक्षणको पूर्वयोजनामा सम्बद्ध हामी कसैको ध्यान नगएको पूर्वाधार विकास कार्यालय प्रमुख थापाले स्व्ीकानुभएको छ ।

केही दिन अगाडि पहिरोको अवलोकन गर्न बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालको नेतृत्वमा जिल्लाको एक टोली उक्त क्षेत्रमा गएको सामाजिक सञ्जालबाट थाह भएको छ। यद्येपी अनुुगमनपछि बाढि पहिरो नियन्त्रण गर्न केगर्ने ? भन्ने वारे के योजना बनाए ? त्योभने बाहिर अआएको छैन । समाप्त

प्रतिक्रिया दिनुहोस्