अलग्गिइन् स्वरा



बलिउड नायिका स्वरा भास्कर र लेखक हिमांसु शर्मा अलग्गिएका छन्।

उनीहरू करिब ५ वर्षदेखि प्रेम सम्बन्धमा थिए। स्वराले आफँहरूको प्रेम सम्बन्धका बारेमा सन् २०१४ मा खुलासा गरेकी थिइन्। फिल्म तनु वेड्स मनुको सेटबाट नजिक भएका उनीहरू अबको भविष्य कस्तो हुन्छ भन्ने कुरामा वैचारकि मतभेद भएको कारण सहमतिमै एक अर्काबाट छुट्टिएको भारतीय सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन्।

आफ्नो विन्दास स्वभावका कारण पनि चर्चामा आउने स्वरा विभिन्न विचारका कारण ट्रोलमा समेत पर्दै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्