छवि विरुद्व घरेलु हिंसाको उजुरी गर्दै प्रहरी गुहारिन् शिल्पाले



नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीचको सम्बन्ध सतहमा आएको छ। नायिका शिल्पा पोखरेलले ‘श्रीमान् छविराज ओझाले कुटपिट गरेको’ भन्दै प्रहरीमा उजुरी दर्ता गराएपछि बिहेबारे नखुलाएका उनीहरूबीचको सम्बन्ध बिहेमा परिणत भइसकेको खुलासा भएको छ।

शिल्पा र छविले आफ्नो फिल्म रिलिजको समयमा आफँहरूले बिहे गर्न सक्ने जनाउँदै आए पनि बिहे गरेको बारे स्वीकार गरेका थिएनन्। शिल्पाले छविले आफँलाई कुटपिट गरेको र उनीबाट आफँ असुरक्षित भएको भन्दै मंगलबार उनीविरुद्ध काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दिएकी हुन्। उनले श्रीमान् (छवि) ले आफँलाई हातपात गर्दा कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गराएकी हुन्।

छविले पटक–पटक आफँमाथि हिंसा गरेको शिल्पाको आरोप छ। पछिल्लो पटक छविले कुटपिट गरेपछि गत असार ८ गतेदेखि शिल्पा आफँले टीका लगाइदिएका दाइ फिल्म निर्माता तथा फोटोग्राफर विकास रौनियारको निवासमा बसिरहेकी छिन्। शिल्पाको मोबाइल उठाउँदै विकास पत्नी तथा निर्देशक सम्झना रौनियारले शिल्पा कानको जालीको उपचार गरी आराम गरिरहेको बताइन्। छवि भने सम्पर्कमा आउन चाहेनन्।

परिसरका प्रहरी नायब निरीक्षक होविन्द्र बोगटीका अनुसार शिल्पाले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी छन्। उनले घटनाबारे बुझ्ने काम भइरहेको, छवि प्राविधिक कारणवश बुधबार परिसर आउन नसकेको र बिहीबार छलफलमा बस्न राजी भएको बताए। स्रोतका अनुसार शिल्पाले छविविरुद्व घरेलु हिंसाको उजुरी दर्ता गराएपछि फिल्कर्मीहरूले उनलाई भेटी महिलालाई यसले थप समस्यामा पार्ने र करियरमा समेत समस्या आउन सक्ने सल्लाह दिइरहेका छन्।

स्रोतका अनुसार म्युजिक भिडियो क्विन शिल्पालाई छविले लज्जा नामक फिल्ममा डेब्यु दिएपछि उनीहरूबीचको अफेयर ३ वर्षअगाडि बिहेमा परिणत भएको थियो। ३ वर्षअगाडि राजधानीको एक होटलमा विधिपँर्वक नै छवि र शिल्पाबीच औपचारिकरुपमा बिहे भएको थियो भने केहीअगाडि बिहे दर्ता पनि गरिएको छ। बिहेपश्चात यो दम्पती गुह्वेश्वरीस्थित छवि निवासमा बस्दै आएको थियो।
छविको यसअघि २ विवाह भएको थियो भने नायिका रेखा थापासँग लिभिङ टुगेदरको सम्बन्ध थियो।

प्रतिक्रिया दिनुहोस्