कमलपोखरीमा कला प्रदर्शनी



मंगलबार कमलपोखरीस्थित रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा इलिसियन शीर्षकमा सामँहिक कला प्रदर्शनी शुरू भएको छ।
न्यु समिट कलेज, युनिभर्सल कलेज मैतिदवी, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र र नेपाल रसिया आर्ट क्लबको संयुक्त आयोजनामा भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव विपिनकुमारले शुभारम्भ गरे। सदस्यसचिव घिमिरेले नेपाली कलाको विकासमा शिक्षाको महत्व विशिष्ट हुने बताए। रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रका डेपुटी डाइरेक्टर एलेक्सी कोटल्यारोमले कलाले मानिसलाई अन्तर्राष्ट्रियरुपमा जोड्ने चर्चा गरे।

युनिभर्सल÷न्यु समिट कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवालीले सात वर्षदेखि ललितकला विषय अध्यापन गराउँदै आएको कलेजले नेपाली कला क्षेत्रको विकासका लागि महŒवपँर्ण योगदान दिएको दाबी गरे।

प्रदर्शनीमा हरिहर खत्री, मिङ्मा तामाङ, सुजल श्रेष्ठ, ओमप्रकाश सिंह, विशाल सुवेदी, कर्णजंग नेपाली, नवीन घर्तीमगर, विजय रिजाल, कृतिशा चुल्याद्य, सहिल शाही ठकुरी, राम घलान, आश्वासन मिश्र, निकिता श्रेष्ठ, नवीन नापित, साहिल महर्जन, पँर्णिमा राई, हरिराम चौधरी, सुचान महर्जन, प्रभात राई, असिमता राई, बिदेल राई, कृति तिमिल्सिना, आशीष धिमाल, पासाङ डोल्मा शेर्पालगायतका कलाकार सहभागी छन्। न्यु समिट÷युनिभर्सल कलेजमा अध्ययनरत साढे दुई दर्जन विद्यार्थीका चित्र तथा मँर्ति प्रदर्शनीमा राखिएको छ। प्रदर्शनी एक हप्ता रहने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्