प्लास्टिक खानाले ९ हरिणको मृत्यु



टोक्यो (एजेन्सी)
पश्चिम जापानको प्रख्यात उद्यानमा प्लास्टिकका झोला खानाले ९ हिरणको मृत्यु भएको छ । नेरा पार्कमा १ हजार भन्दा धेरै हिरण छन् । त्यहाँ पुग्ने पर्यटक उनीहरुलाई नजिकका पसलहरुमा पाउने विशेष प्रकाको क्रेकेर्स ख्वाउन सक्छ ।

उक्त क्रेकर्स प्लास्टिकको झोलामा आउने होइन तर मान्छेहरु आफुसँग ल्याएको झोलामा राख्ने गर्छन् । प्लास्टिकसँगै दिने ती खाना खानेक्रममा हिरणले प्लास्टिक पनि खाने गर्छ । हिरणले प्लास्टिक पनि खाना नै हो भन्ने बुझ्ने एक पशु चिकित्सकले बताए ।

नेरा डिर प्रिजर्भेसन फाउन्डेसनले गत मार्च देखि अहिलेसम्ममा १४ हिरणको मृत्यु भइसकेको र उनीहरुको पेटमा प्लास्टिक भेटिएको जनाएको छ । उनीहरुको पेटबाट प्लास्टिकका टुक्रा र स्न्याक्सका प्याकेट भेटिएको थियो । ती मध्य एकको पेटमा सबैभन्दा बढी ४ दशमलव ३ किलोग्राम प्लास्टिक भेटिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्