अमेरिका जलीयक्षेत्रमा सैनिक गठबन्धनको तयारीमा



वासिंगटन,(एजेन्सी)
अमेरिकाले इरान र यमन वरपरको जलिय क्षेत्रमा सुरक्षा प्रदान गर्नका लागि आफुले अन्तर्राष्ट्रिय सैनिक गठबन्धन निर्माण गर्न खोजेको जनाएको छ । अमेरिकी जल , थल तथा वायु सेना प्रमुख जनरल जोसेफ डन्फोर्ड व्यापारिक मार्गका लागि महत्वपूर्ण सो जलिय क्षेत्रमा स्वतन्त्र आवत जावतका लागि आफुले त्यहाँको सुरक्षा सुनिश्चतता चाहेको बताएका छन् ।

अमेरिकाले गत मे महिनामा सो क्षेत्रमा तेल बोकने जहाजहरुमा इरानले आक्रमण गरेको आरोप लगाएको थियो । तर इरानले अमेरिकी आरोप ठाडै अस्विकार गरेको थियो । जनरल डन्फोर्डले अमेरिकाले यस योजना समर्थन गर्न राजनीतिक इच्छालाई लिएर विभिन्न मूलुकसंग कुरा गरिरहेको जानकारी दिएका छन् ।

उनले यस जलिय क्षेत्रमा अमेरिकाले सुपरिवेक्षणको नेतृत्व लिँदै ‘ कमान्ड कन्ट्रोल ’ जहाजहरु उपलब्ध गराउने पनि बताएका छन् । तर अमेरिकाको मूल उद्देश्य जलिय षेत्रमा गश्ती गर्न अन्य मुलुकहरुलाई डुँगा दिनु र ध्वजा तथा मालवाहक व्यावशायिक जहाजहरुलाई सुक्षा प्रदान गर्नु रहेको छ ।

यस क्षेत्रका होर्मुज र बाव अल मन्दाव खाडी तथा लाल सागर जाने प्रमुख द्वार तथा सामरिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको मानिन्छ । हरेक दिन वाव अल मान्दाव हुँदै झण्डै चालिस लाख व्यारेल तेल विश्वका अन्य भागमा जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्