बालबालिकाको चर्को हल्लाका कारण खेल मैदान प्रतिबन्धित



आम्सटर्डम्स,(एजेन्सी)
बालबालिकाहरुले अत्यन्तै हो–हल्ला गरेकाले नेडरल्यान्डसको एउटा प्राथमिक बिद्यालयको खेल मैदान बन्द गर्न आदेश दिइएको छ । स्थानिय प्रशासनले निजमेजेन स्थित डि बट प्राइमरी बिद्यालयललाई यसैमहिनाको अन्त्य सम्ममा आफ्ना बालबालिकालाई खेलमैदानमा लयाउन बन्द नगरेको खण्डमा दस हजार युरो जरिवाना गरिने सुचना दिएको छ ।

स्थानिय वासिन्दाले उक्त आवासिय क्षेत्रामा बालबालिकाले ७० डेसिवल सिमा नाघ्ने गरी चर्को आवाज निकाल्ने गरेको गुनासो गरेका थिए । सरकारले एउटा आयोग नै गठन गरी आवाजको स्तर मापन गराउँदा आवजको स्तर ८८ डेसिवल भेटिएको थियो ।

तर सरकारको उक्त चालिस वर्ष पुरानो खेल मैदान बन्द गराउने निर्णय विरुद्ध चा हजार भन्दा बढि बालबालिकाले हस्ताक्षर संकलन गरेर नगर परिषादमा पेश गरेका छन् । प्रथमिक बिद्यालयका निर्देशक जान्नेके कोल्सेनले भोल्क्स्क्रान्त अखवारलाई बताएकी छिन् , ‘ यो निकै उदेकलाग्दो परिस्थिती भएके छ । बालबालिका लागि त निकै अन्याय नै भएके छ ।

हामीले बालबालिकालाई वारम्वार खुल्ला चउरमा लगेर व्यायाम गराउनुपने हुन्छ । स्थानिय वासिन्दाको अनुरोधलाई ध्यानमा राख्दै हामीले धेरेचोटि बालबालिकालाई भवनभित्रै संगीत कक्षामा पनि राख्ने गरेको थियौं । ’

सो चउरको वरपर विभिन्न व्यानर टाँगिएका छन् । एउटा व्यानरमा हालै विश्व महिला फुटवल प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल डच टोलिलाई इँगित गर्दै लेखिएको छ , ‘ अरेन्ज लायनेसहरुलाई अन्त ैकतै खेलाऊ । ’

दक्षिण पन्थि भिभिडि पार्टीका विधायक रडमेर हिरेमाले संसदमा डच शिक्षामन्त्री समक्ष यो स्तावित प्रतिवनध खारेज गरिनु पर्ने आवाज उठाएका छन् । संयुक्त राष्ट्र संघको बालबालिका कोष युनिसेफको सर्भेक्षणका अनुसार विश्वमै डच बालबालिकाहरु सबैभन्दा खुशी हुने सुचीको राम्रै स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्