२० बैंक ‘बिग मर्जर’ जान तयार



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मर्जरमा जान आह्वान गरेस“गै बैंक तथा वित्तीय संस्थहरू ‘बिग मर्जर’ को लहर चलेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले केही दिनअघि छिट्टै मर्जरमा जाने प्रतिबद्धता जनाएर राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन सहयोग गर्न आह्वान गरेका थिए ।

राष्ट्र बैंकको निर्देशनको पालना गर्दै जनता बैंक र ग्लोबल र्आएमई बैंकबीच मर्जरमा जान सहमति गरी बिग मर्जरको ‘ब्रेक थ्रु’ गरेका थिए । यी दुई बैंकले मर्जरमा जाने प्रतिबद्धता जनाएस“गै बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर चलेको हो । मर्जरमा जानका लागि शुरुमा आनाकानी गरे पनि राष्ट्र बैंकको दबाबपछि भने बैंक तथा वित्तीय संस्थाहरू अग्रसर भएका छन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मर्जरमा जानका लागि २० वटा वाणिज्य बैंकले प्रतिबद्धता जनाइसकेका छन् भने तीन विकास बैंक पनि मर्जरमा जाने भएका छ । राष्ट्र बैंकका अनुसार प्रतिबद्धता जनाएकामध्ये चार बैंकले मर्जरमा जान सहमति गरिसकेका छन् । ग्लोबल आइएमईमा जनता बैंक तथा सिटिजन्समा सहयोगी विकास बैंक मर्ज हुने घोषणा भइसकेको छ ।

यसका अलवा, मर्जका लागि प्रतिबद्धता जनाउने अन्य बैंकमा नेपाल एसबीआई, एनएमबि, सन्राइज, लक्ष्मी, एनसीसी, सानिमा, सिभिल, माछापुच्छ«े, सेञ्चुरी, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एसिया, हिमालयन, कुमारी, मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टडए र नेपाल बंगलादेश छन् । त्यस्तै विकास बैंकहरुमा भने सांग्रिला र महालक्ष्मी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्